सुनको मूल्यमा वृद्धि, चाँदीको स्थिर

सफल खबर संवाददाता

शुक्रबार, २८ कार्तिक २०७७, ११ : ४२
सुनको मूल्यमा वृद्धि, चाँदीको स्थिर

काठमाडौं । साताको कारोबारको अन्तिम दिन सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ९५ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहीबार सुनको मूल्य ९४ हजार ७०० रुपैयाँ कायम रहेको थियो । 

यस्तै तेजावी सुन शुक्रबार तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । 

महासंघले विगत ३ दिनयता चाँदीको मूल्य भने स्थिर रहेको जनाएको छ । शुक्रबार चाँदी तोलामा १२२० रुपैयाँमा कारोबार भएको छ । 

प्रतिक्रिया दिनुहोस