सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

सफल खबर संवाददाता

विहीबार, २७ कार्तिक २०७७, १३ : ५३
सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजाजी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार चाँदीको मूल्य भने बिहीबार पनि बुधबारकै मूल्यमा कारोबार भएको छ । बुधबार र बिहीबार चाँदी तोलामा १२२० रुपैयाँमा कारोबार भएको छ । 

प्रतिक्रिया दिनुहोस