रौतहट । रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहामा बुधबार राति एक युवतीको गोली हानी हत्या भएको छ ।
गएराति राति ११ बजे घरमा सुतिरहेको अवस्थामा १८ वर्षीया अमृता कुमारीको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
।
मृतककी आमा सिता देवी साह राति घरको ढोका खोली शौचालयतर्फ गएको मौका छोप्दै अज्ञात व्यक्ति घरमा प्रवेश गरेर अमृताको टाउकोमा गोली प्रहार गरेको बताइएको छ । गोलीको आवाज सुनेर आफू शौचालयबाट निस्केर कोठामा जाँदा छोरी छटपटाएको देखेको र केहीबेरमै उनको मृत्यु भएको आमा सिता देवीले बताइन् ।
घटनामा संलग्नको पहिचान भइसकेको र अनुसन्धान कार्य अगाडि बढेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए । उनको प्रेम प्रसंगका कारण हत्या भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
अमृताको २०७६ फागुन २५ गते सर्लाही विष्णुपुर गाउँपालिकाको मधुवनगोठका सोहन भन्ने रुपेश साहसँग मागी बिहे भएको थियो । तर साउन महिनामा सम्बन्ध विच्छेद भएपछि उनी माइतीघरमा बस्दै आएकी थिइन् ।
गत वैशाख महिनामा उनका श्रीमान रुपेशमाथि धारिलो चक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट गम्भीर घाइते भएका रुपेश तीन महिनाको उपचारपछि निको भएका थिए ।
त्यसपछि २०७७ साउन २५ गते रुपेश र अमृताबीच जिल्ला अदालत मलंगवाबाट सम्बन्ध विच्छेद भएको थियो ।
विवाह भएको तेस्रो दिनमा नै रुपेश माथि आक्रमण भएको थियो । युवतीका पूर्व प्रेमीले आक्रमण गरेको खुलेको प्रहरीले जनाएको छ ।
त्यसपछि पूर्व प्रेमी भनिएका युवा विरुद्ध सर्लाहीमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो । केही समय पहिले जेलबाट छुटेका ती युवाले नै युवतीको हत्या गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ कार्तिक २०७७, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीमतीलाई घरमा अर्कै पुरुषसँग भेटेपछि हत्या
स्याङ्जामा युवकको हत्या
ललितपुरमा एक महिलाको हत्या, श्रीमान पक्राउ
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ
जनकपुरमा एक युवतीको हत्या, २ जना घाइते
दाजुको हत्या गरी फरार युवक पक्राउ