चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने

सफल खबर संवाददाता

विहीबार, २७ कार्तिक २०७७, १२ : ४१
चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं । कोरोना संक्रमण भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले केसीको उचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पोडेलले जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ुराष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । आज सम्पन्न मन्त्री परिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु।ु

केही दिन अघिबाट निमोनियाले ग्रस्त भएका केसीको स्वाब परीक्षण गर्दा मंगलबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । हाल केसीको मेडिसिटी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको पार्टीका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । केसीको लामो समयसम्म अस्पतालमा राखेर उपचार गर्नुपर्ने भएकाले सहयोग गर्न समेत जनमोर्चाले अपिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस