दमौली । तनहुँको भीमाद नगरपालिका–२ बन्दीछापबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही वडाको सिमलबोट बस्ने ६० वर्षीय टुकबहादुर थापा रहेका छन् । प्रहरी चौकी किहुँबाट खटिएको प्रहरी टोलीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो । उनको साथबाट एक नाले भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाविरुद्ध हातहतियार मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २५ कार्तिक २०७७, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ