काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पुस्तकमा लगाईएको कर हटाएकोमा धन्यबाद दिएका छन् । अध्यक्ष थापाले ट्वीटरमा लेख्दै सरकारलाई पुस्तकमा लगाइएको कर हटाएकोमा धन्यबाद दिएका छन् ।
साथै अध्यक्ष थापाले अब विद्युतबाट चल्ने गाडिमा बढाईएको कर पनि कम्तिमा पुरानै अवस्थामा फर्काउन सरकारको ध्यान आकर्षित गरेका छन् ।
अध्यक्ष थापा भन्छन्, ‘पुस्तकमा भन्सार कर बढाउने सरकारको निर्णय ठिक थिएन । ढिलै भएपनि पुस्तकमा लाग्दै आएको कर हटाएकोमा सरकारलाई धन्यवाद । अब विद्युतबाट चल्ने गाडिमा बढाईएको कर पनि कम्तिमा पुरानै अवस्थामा फर्काउन सरकारको ध्यान आकर्षित गर्दछु’ प्रधानमन्त्ती केपी शर्मा ओली र अर्थमन्त्री बिष्णु प्रसाद पौडेललाई ध्यानाकर्षण गर्दै विद्युतीइ गाडीको विषयमा सम्झाएका हुन् ।
अध्यक्ष थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३६ औं जन्मजयन्तीको अवसरमा सबैमा हार्दिक शुभकामना समेत व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ कार्तिक २०७७, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा
विपिनका बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्छ : कमल थापा
बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित : कमल थापा
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा
पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति
'न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ' : कमल थापा