काठमाडौं । केही दिनको अनिश्चिततापछि जो बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका छन् । डोनाल्ड ट्रम्पको चारवर्षे कार्यकालमा विश्वका अन्य शक्तिशाली देशसँग अमेरिकाको सम्बन्धमा निकै ठूलो परिवर्तन देखिएको थियो ।
अमेरिकामा बाइडेनको जितले चिनियाँ प्रणालीसमक्ष अर्को चुनौती खडा गरिदिएको बीबीसीले जनाएको छ । चीन डोनाल्ड ट्रम्प ह्वाइटहाउसबाट बिदा भएको हेर्न चाहन्छ भन्ने कतिपयको आकलन रहेको थियो । किनकि दुई देशबीच पछिल्लो समय व्यापार–युद्ध चर्केको छ । त्यसका साथै कोभिड–१९ को महामारीका लागि उनले चीनलाई दोष लगाउँदै आएका थिए ।
तर केही विश्लेषकहरूको विचारमा चीनले ट्रम्प ह्वाइटहाउसका लागि पुनः निर्वाचित भएको भएको हेर्न चाहन्थ्यो । किनकि उनका नीतिहरूका कारण अमेरिकाको शक्ति विश्वमा क्षीण हुँदै जान सक्ने भएकाले त्यो आफ्नो हितमा हुने बेइजिङको बुझाइ छ ।
तर आगामी राष्ट्रपति बाइडेनले जलवायु परिवर्तनजस्ता ठूला मुद्दामा आपसी सहयोग खोज्ने प्रयास अघि बढाउनेछन् । त्यस क्रममा चीनले पनी आफ्ना लागि फाइदा हुने अवसरहरू खोज्ने निश्चित छ । बाइडेनले चीनसँग अमेरिकी सम्बन्ध सुधारका लागि सक्दो प्रयास गर्नेमा दुई मत छैन । जसका कारण विश्वशक्ति बन्ने चिनियाँ आकांक्षा पर धकेलिन सक्ने विश्लेषकहरूको भनाइ छ । कान्तिपुरमा खबर छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २४ कार्तिक २०७७, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पको आशंका : अब रुस र भारत चीनका पक्षमा
सीले रूस र उत्तर कोरियासँग मिलेर षड्यन्त्र गरिरहेका छन्: ट्रम्प
ट्रम्पले गरे युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल
युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प
युक्रेनबारे ट्रम्प–पुटिन भेटवार्ता आज
ट्रम्प-पुटिन वार्ता हुनुअघि अमेरिका र बेलायतले गरे युक्रेनसँग बैठक