काबुल बिस्फोटमा एक पत्रकारसहित तीनको मृत्यु

एजेन्सी

शनिबार, २२ कार्तिक २०७७, २१ : ०१
काबुल बिस्फोटमा एक पत्रकारसहित तीनको मृत्यु

सांकेतिक तस्विर

काठमाडौँ । काबुलमा शनिबार भएको विष्फोटमा परी एक पत्रकारसहित तीन व्यक्तिको मृत्यु भएको प्रहरीलाई उद्धृत गरी अफगानिस्तानी समाचार संस्था टोलो न्यूजले उल्लेख गरेको छ ।

सरकारले विद्रोही तालिवान समूहले गराएको हुनसक्ने बताएको छ । दावी गरिएको उक्त आक्रमणमा पत्रकार यम सियावाससहितको मृत्यु भएको छ ।

समाचार तयार पार्दासम्म आक्रमणको कुनै समूह वा व्यक्तिले जिम्मेवारी लिएको छैन । पत्रकार तथा अन्य दुई व्यक्तिलाई लक्षित गरी गराइएको विस्फोट स्थानीय स्तरमा नै निर्माण गरिएको वम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस