टोकियो । जापानमा शनिबार ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ । राजधानी टोकियोदेखि झण्डै ६०० माइल दक्षिपूर्वी क्षेत्रमा पर्ने चिचिजिमालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
जापानको भूगर्भ विभागले दिएको जानकारी अनुसार झण्डै दश किलोमिटर गहिराइबाट कम्पन भएको थियो । विभागका अधिकारीहरुले भूकम्पपछि कुनै आँधीको खतरा नरहेको जानकारी दिएका छन् । सरकारी अधिकारीहरुको भूकम्पका कारण अहिलेसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भइनसकेको पनि स्पष्ट पारेका छन् ।
जापान धेरै भूकम्प आउने देशमा पर्दछ । बर्षेनी दर्जनौ पटक भूकम्प आउने गर्दछ भने कतिपय शक्तिशाली भूकम्पले मानवीय तथा भौतिक क्षति समेत गराउने गरेको छ । सन् २०११ मा आएको ९ म्याग्नीच्युडको विनाशकारी भूकम्प र त्यसपछिको आँधीका कारण जापानमा कम्तीमा १५ हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो भने धेरै भौतिक संरचनामा क्षति भएको थियो ।(रासस/एएनआई)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २२ कार्तिक २०७७, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूकम्पको एक दशक: भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा
कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
मुगुमा ४ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का