तनहुँ । तनहुँको व्यास नगरपालिका–४ निवासी दुवै मिर्गौलापीडित अब्दुल गफारको उपचारका लागि तनहुँ समाज अष्ट्रेलियाबाट आर्थिक सहयोग प्राप्त भएको छ ।
व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले तनहुँ समाज अष्ट्रेलियाबाट प्राप्त भएको रु ४१ हजार ५०५ शुक्रबार गफारको पत्नी सायरा बुनु कोपिलालाई हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा सहयोग जुटाउन सक्रिय भूमिका खेलेका समाजसेवी युवा अभियानकर्मी लक्ष्मीभक्त खनाल र व्यास युथ क्लबको अध्यक्ष मीनबहादुर गुरुङको सहभागिता रहेको थियो । विभिन्न सञ्चारमाध्यमबाट दुवै मिर्गौला प्रत्यारोपणका लागि रकम अभाव भएको थाहा पाएपछि सहयोग गरेको समाजका महासचिव सूर्य खनालले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २२ कार्तिक २०७७, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाजुराको आगलागी पीडितलाई प्रदेश सरकारको ४० लाख राहत सहयोग
पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग
प्रवासी नेपालीद्वारा म्याग्दीको दुई विद्यालयलाई कम्युटर सहयोग
बम विस्फोटमा ज्यान गुमाएकाहरूका परिवारलाई आर्थिक सहयोग
बाढीपीडितलाई माओवादी निकट कर्मचारी महासङ्घको सात लाख ७७ हजार सहयोग
तेजरत्न आँखा उपचार केन्द्रलाई २० लाख सहयोग