आइपीएल : हैदराबाद फाईलनमा, बेंग्लोर प्रतियोगिताबाट बाहिरयो

एजेन्सी

शनिबार, २२ कार्तिक २०७७, ०९ : २४
आइपीएल : हैदराबाद फाईलनमा, बेंग्लोर प्रतियोगिताबाट बाहिरयो

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटबाट विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंग्लोर  बाहिरिएको छ । शुक्रबार राति युएइ स्थित अबुधाबीमा भएको खेलमा बैंग्लोरलाई सनराइजर्स हैदरावादले ६ विकेटले पराजित गरेको छ ।

१३२ रनको लक्ष्य पछ्याएको हैदरावादले १९ ओभर चार बलमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । उसका लागि केन विलियम्सनले नटआउट ५० तथा मयंक पाण्डे र ज्यासन होल्डरले समान २४–२४ रन बनाए । यसअघि पहिले ब्याटिङ्ग गरेको बैंग्लोरले सात विकेटको क्षतिमा १३१ रनमा खुम्चिएको थियो ।

उसका लागि एबी डी भिल्लियर्सले ५६ तथा एरोन फिन्चले ३२ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान कोहलीले मात्रै ६ रन बनाए । विजयी भएको हैदरावादले आइतबार दोस्रो क्वालिफायरमा दिल्लीको सामना गर्ने छ । सो खेलमा विजयी हुनेले नोभेम्बर १० मा उपाधिका लागि मुम्बई इन्डियन्ससँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस