तिहारलाई सवा अर्बको भाइ मसला

पत्रपत्रिकाबाट

शनिबार, २२ कार्तिक २०७७, ०८ : ०१
तिहारलाई सवा अर्बको भाइ मसला

काठमाडौं । यस वर्षको तिहारका लागि १ अर्ब २० करोड १४ लाख ६१ हजार रुपैयाँ बराबरको भाइ मसला नेपाल भित्रिएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिना ९साउन–असोज० मा ओखर, काजु, बदाम, किसमिस, पिस्ता, छोकडालगायतको गरी उक्त रकम बराबरको सामान अन्य मुलुकबाट नेपाल भित्रिएको भन्सार विभागको तथ्यांक छ ।

यो अवधिमा ३३ लाख ४३ हजार ८ सय ६२ किलो बराबरको ओखर, काजु, बदाम, किसमिस, पिस्ता, छोकडा, सुपारी, नरिवल, खुबानी ९एप्रिकोर्ट्स०, अन्य नट्स र अञ्जिर आयात भएको छ । यी सामान मिसाएर विशेषगरी तिहारमा भाइ मसला बनाइन्छ ।

जसलाई भाइटीकाको दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई पूजा गरी दिने गर्छन् । आयातित यी सामान काठमाडौं उपत्यकामा मात्रै ७० प्रतिशत खपत हुने नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र बज्राचार्यले जानकारी दिए । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस