नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको माउ र बच्चा मृत फेला परेका छन् । निकुञ्जको लौखानी भन्ने स्थानमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामले बताए ।
निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले गस्ती गर्ने क्रममा बुधबार दिउँसो गैँडाको माउ र बच्चा मृत फेला परेको थियो । मृत पोथी गैँडाको खाग नभेटिएका कारण तस्करले मारेको हुनसक्ने आशङ्का गरिएको सूचना अधिकारी रामले बताए । उनका अनुसार गएको भदौमा मृतावस्थामा भेटिएको गैँडा र बुधबार मृतावस्थामा भेटिएको गैँडाको मृत्युको प्रकृति एउटै छ ।
यस आर्थिक वर्षमा मात्रै चितवनमा ११ वटा गैँडाको मृत्यु भइसकेको छ । ९ गैँडा कालगतिले मरेका निकुञ्जले जनाएको छ । सन् २०१५ को गैँडा गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जका ६०५ सहित नेपालमा ६४५ वटा गैँडा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २० कार्तिक २०७७, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउनयता नौ गैँडाको मृत्यु
गैँडाको आक्रमण परि एक वृद्धको मृत्यु
गैँडाले आक्रमण गर्दा एकजना घाइते
सौराहामा हुर्काइएकी ‘पूजा’ लाई चिडियाखाना पठाइयो