एजेन्सी । अमेरिका चुनावको मतगणना रोचक मोडमा पुगेको छ । डेमोक्रेट्रिक तर्फका प्रत्यासी जो बाइडेनले मिसिगन र विस्कन्सिन राज्यमा विजय हासिल गरेका छन् । ह्वाइट हाउस जानका लागि बाइडेनलाई यी राज्यको मत निर्णायक साबित हुनेछ । अब कुनै एक ब्याटलग्राउन्ड स्टेटमा विजय हासिल गरे उनी राष्ट्रपति बन्नेछन् ।
मिसिगन र विस्कन्सिन राज्य डेमोक्रेटिक पार्टीको बाहुल्यता भएका राज्य मानिन्थे । यद्यपी, गत चुनावमा डोनाल्ड ट्रम्प यहाँबाट विजयी भए । त्यसैले यसपटकको चुनावमा यी राज्यहरुलाई ब्याटलग्राउन्ड स्टेट मानिएको थियो । अमेरिकामा इलेक्सन डे सकिएको २४ घण्टापछि पनि अहिलेसम्म कुनै पनि उम्मेदवारले आवश्यक २ सय ७० मत ल्याउन सकेका छैनन् ।
इलेक्टोरल संख्या २ सय ६४ पु¥याइसकेका बाइडेनको पक्षमा ७ करोड १ लाखभन्दा धेरै पपुलर मत भइसकेको छ । जो अमेरिकी राष्ट्रपतिका लागि अहिलेसम्म प्राप्त सर्वाधिक धेरै मत हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २० कार्तिक २०७७, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
अमेरिकाका विदेशमन्त्री रुबियो आइपुगे भारत