ललितपुर । आफ्नै सहकर्मीको हत्या गरी फरार अभियुक्त रामेछाप खाडदेवी गाउँपालिका-५ घर भई ललितपुर महानगरपालिका-५ थसीखेल महालक्ष्मीस्थान बस्ने ध्रुव भन्ने ४७ वर्षीय मानकाजी श्रेष्ठलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
२०५४ कात्तिक १६ गते काठमाडौं महानगरपालिका-८ जयबागेश्वरीस्थित निर्माणेश्वर मन्दिर नजिक काभ्रे पनौती घर भएका सहकर्मी १८ वर्षीय श्याम खड्काको हत्यामा संलग्न रही फरार रहेका श्रेष्ठको नाममा काठमाडौं जिल्ला अदालत बबरमहलबाट २०७४ कात्तिक २८ गते वारेण्ट जारी भएको थियो ।
फरार रहेका श्रेष्ठलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-५ थसीखेलबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १९ कार्तिक २०७७, १६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ