मुम्बईलाई १० विकेटले पराजित गर्दै हैदरावाद प्लेअफमा

एजेन्सी

बुधबार, १९ कार्तिक २०७७, ०८ : १८
मुम्बईलाई १० विकेटले पराजित गर्दै हैदरावाद प्लेअफमा

एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई हराउदैं प्लेअफमा प्रवेश गरेको छ ।  मंगलबार राति दुबईको शारजहाँमा भएको खेलमा हैदरावादले मुम्बईलाई १० विकेटले पराजित गरेको हो ।

१५० रनको लक्ष्य हैदरावादले १७.१ बलमा बिना विकेटको क्षतिमा भेट्टायो। उसका लागि कप्तान डेविड वार्नरले ८५ तथा ऋद्धिमन साहले ५८ रन को योगदान गरेका थिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको मुम्बईले ८ विकेटको क्षतिमा १४९ रन बनायो । उसका लागि किरन पोलार्डले ४१, सूर्यकुमार यादवले ३६, इशान किशनले ३३ तथा क्वीन्टन डी ककले २५ रन बनाए ।

जितपछि तेस्रो स्थानमा पुगेको हैदरावादले दोस्रो क्वालिफायरमा स्थान बनाउनका लागि चौथो स्थानको टिम रोयल च्यालेन्जर्स बैंग्लोरसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया दिनुहोस