ट्राफिक व्यवस्थापनका लागि सडक सञ्जाल विस्तार : गृहमन्त्री थापा

सफल खबर संवाददाता

मंगलबार, १८ कार्तिक २०७७, १६ : २५
ट्राफिक व्यवस्थापनका लागि सडक सञ्जाल विस्तार : गृहमन्त्री थापा

फाइल फोटो

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि सडक सञ्जाल विस्तार लगायतका कामलाई सरकारले प्राथमिकता दिने बताएका छन् । 

उपत्यका लगायत देशका विभिन्न ठाउँमा हुने ट्राफिक जामलाई काम गर्न गुणस्तरिय सडक निर्माण, कालोपत्रे गर्ने र सडक सञ्जाल विस्तारलाई सरकारले प्रथमिकताका साथ अगाडि बढाइने उनले बताए ।

गृह मन्त्रालयमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री थापाले ट्राफिक व्यवस्थापनका लागि सरकारले ऐन निर्माणको कामलाई पनि तदारुकताका साथ अगाडी बढाइने बताए । आगामी वर्षबाट ट्राफिक व्यवस्थापनलाई प्रविधियुक्त बनाउने कुरालाई पनि सरकारले ध्यान दिने उनले बताए ।

प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले ट्राफिक नियम थाहा भएर पनि पालना नगर्नेहरुका लागि कडा कानूनको आवश्यकता रहेको बताए । ट्राफिक नियम जानि जानि उलंघन गर्नेहरुमाथि हुने जरिवाना रकम बढाउनुपर्ने उल्लेख गर्दै उनले लाइसेन्स वितरणमा पनि कडाई गर्नुपर्ने बताए । लाइसेन्स वितरण गर्दा थारै लापरवाही भएपनि सवारीहरु सडकमा हतियारको रुपमा प्रयोग हुन सक्ने चेतावनी उनले दिए ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीम ढकालले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धि एकीकृत कार्ययोजना २०७७ प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस