नवलपरासी । गैडाकोट–२ एस पि एम कलेज टोलका दुईजना दाजुभाई १७ गते बिहान देखी परिवारको सम्पर्कमा नआएपछि आफ्ना छोराहरु हराएको भन्दै आमा टेकमाया शर्माले खोजविनका लागि अपिल गरेका छन् ।
बेपत्ता हुनेहरुमा २६ वर्षका बिजयबाबु र २१ वर्षिय संगम पौडेल रहेका छन् । दुवैजना दाजुभाई १७ गते बिहानको खाना आएर साढे १० बजे हार्फ टिर्सट र हाफ पाईन्ट लगाएर घर बाहिर निस्किएको २४ घंटा बितिसक्दा पनि हाल सम्म घर नफर्किएको आमाले बताईन् ।
छोराहरुले मोबाईल समेत घरमै छाडेर हिडेको र सम्पर्कमा नआएपछि गैंडाकोट प्रहरीमा समेत खोजविनका आग्रह गरिएको उनको भनाई छ । यता प्रहरीले सिसि क्यामरा मार्फत हेर्दा कहिकतै नदेखिएको प्रहरीको भनाई छ ।
अन्यसँग सोधपुछ गर्दा एक, दुई जनाले नारायणी नदी किनारको बाटो टोलटोल तर्फ हिड्दै गरेको बताएपनि उनीहरु कता गएका हुन भन्ने खुल्न सकेको छैन् । परिवारले उनीहरुलाई कतै देखेमा मोबाईल नम्बर ९८४६१०५१५१ वा प्रहरीमा खवर गरिदिन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ कार्तिक २०७७, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाकाली किनारबाट सशस्त्र प्रहरी जवानसहित दुई जना बेपत्ता
कालीगण्डकीमा बेपत्ता भएका २ जनाकै शव फेला
महाकालीमा बगेर एक जना बेपत्ता
फेब्रुअरीदेखि बेपत्ता ठकुरीको शव न्युयोर्कमा फेला
पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार