आज दिन भरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

मंगलबार, १८ कार्तिक २०७७, ०८ : ०६
आज दिन भरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले  स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मंगलबार आंशिकदेखि सामान्य बदली हुने जनाएको छ ।

महाशाखाले हाल उल्लेखनीय मौसमी प्रणाली कतै नरहेको पनि जनाएको छ । अहिले प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश देशका पहाडी भू–भाग र प्रदेश २ तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ । देशका अरु क्षेत्रमा भने मौसम सामान्यतया सफा रहेको छ ।

मंगलबार दिउँसो देशभर पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै राति देशभर पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनुहोस