सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

सफल खबर संवाददाता

सोमबार, १७ कार्तिक २०७७, १३ : ११
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठकाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । 

आइतबार तोलामा ९५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
 
यसैगरी तेजावी सुन तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै सोमबार चाँदीको मूल्य भने सामान्य बढेको छ । आइतबार तोलामा ११९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर १२०५ रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस