कोरोना अपडेट

नेपालमा कोरोनाबाट थप २३ जनाको मृत्यु, २८२४ जना नयाँ संक्रमित

सफल खबर संवाददाता

आइतबार, १६ कार्तिक २०७७, १६ : ३३
नेपालमा कोरोनाबाट थप २३ जनाको मृत्यु, २८२४ जना नयाँ संक्रमित

काठमाडौँ । बितेको २४ घण्टामा नेपालमा दुई हजार आठ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमणबाट गत २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । 

गत २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेहरु दुई हजार दुई सय ६४ जना छन् । सक्रिय संक्रमितको संख्या ३७ हजार सात सय ६५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कुल संक्रमित संख्या एक लाख ७३ हजार पाँच सय ६७ पुगेको छ । कोरोना संक्रमणमुक्त हुनेहरु कुल एक लाख ३४ हजार आठ सय ४२ जना छन् । कोरोनाबाट नेपालमा नौ सय ६० जनाको मृत्यु भइसकेको छ ।

गएको २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ६ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको अनुसार काठमाडौँका १ हजार ३ सय ६२, भक्तपुरका ९६ तथा ललितपुरका १ सय ६४ जनामा संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया दिनुहोस