हिमालय एअरलाइन्सले आफ्नो तेस्रो वार्षिकोत्सव मनायो

आइतबार, २७ फागुन २०७४, १६ : ००
हिमालय एअरलाइन्सले आफ्नो तेस्रो वार्षिकोत्सव मनायो

नेपालमा निजी क्षेत्रबाट सञ्चालित अन्तर्राष्ट्रिय वायुसेवा हिमालय एअरलाइन्स (ज्ढ) ले नेपालीहरुलाई अरु देशहरुसँग जोडेको सन्दर्भमा मार्च ९,२०१८ मा आफ्नो तेस्रो वार्षिकोत्सव मनएको छ । विगतका दुई वर्ष हिमालय एअरलाइन्सलाई महत्वपूर्ण उपलब्धिहरुसहित उड्डयन क्षेत्रमा स्थापित र सावित गराउने बर्षका रुपमा रहेका छन् । अहिले हिमालय एअरलाइन्ससँग तीनवटा ए३२० एयरबसका जहाजहरु सञ्चालनमा रहेका छन् र दक्षिण एसियाली ट्राभल अवार्ड  (साटा) २०१७ मा दक्षिण एसियाको “प्रमुख नयाँ अन्तर्राष्ट्रिय वायुसेवा” जस्तो पहिलो अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्दै सम्मानित हुन सफल भएको छ ।

यो उत्सवलाई मनाउने क्रममा मार्च ९, २०१८ मा यस एअरलाइन्सले सोशल मिडिया क्वीजको सुरुवातसहित दर्शक सहभागिता कार्यक्रमको घोषणा गरिएका छ, जुन फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा जारी रहने छ । सहभागीहरुलाई एअरलाइन्सको सोशल मिडिया पेजमा सेयर गरिएको लिंकमा क्लिक गरी हिमालय एअरलाइन्सको कुनै पनि गन्तव्यमा राउन्ड ट्रिप टिकट जित्ने मौकामा सामेल हुन आह्वान÷आग्रह गरिएको छ । प्रतियोगिता मार्च १९,२०१८ सम्म मात्र रहने छ । यो प्रबर्धनात्मक प्रतियोगिताको माध्यमबाट हामी हाम्रा  ग्राहकहरुलाई  हिमालय एअरलाइन्सको जहाजमा आतिथ्य अनुभव गर्ने मौकासहित  पुरस्कृत गर्नँ चाहने बताएको छ ।      

लिंकः www.himalaya-airlines.com/quiz

त्यसैगरी, हिमालय एअरलाइन्समा सोही दिन दोहा, दुबई र क्वालालम्पुरका लागि यात्रा गर्नु हुने हाम्रा सम्पूर्ण यात्रुहरुसँग पनि जहाजभित्रै रेड भेल्भेट कपकेक वितरण गरी खुशीयाली साटासाट गरिएको थियो ।
सो अवसरमा प्रतिकि«या दिदैँ हिमालय एअरलाइन्स प्रशासन तर्फका उपाध्यक्ष श्री विजय श्रेष्ठले भन्नुभयो “महत्वपूर्ण उपलब्धिहरूसँगै अब हामी सगर्व भन्न सक्छौँ कि हिमालय एअरलाइन्स नेपालको निजी क्षेत्रको दु«त गतिमा अगाडि बढेको एक अन्तर्राष्ट्रिय वायुसेवा हो जुन सर्वोत्कृष्टता हासिल गर्न सदैव प्रयासरत छ, चाहे त्यो हाम्रा उडानहरुको समय सीमा प्रभावकारितामा होस् वा चाहे त्यो सबैभन्दा सजिलो एवम् प्रभावकारी समयको हवाईयात्रा सुनिश्चित गर्ने सवालमा होस्  । हामीलाई अगाडि बढ्न प्रत्येक पाइलामा अथाह साथ दिनुहुने हाम्रा सबै यात्रुहरू,सहयोगीहरू र सरोकारवालाहरूलाई धन्यवाद दिन चाहन्छौँ । साथै, लक्की ड्र प्रतियोगिताका सम्पूर्ण सहभागीहरू प्रति शुभेच्छा व्यक्त गर्दछौँ ।”

प्रतिक्रिया दिनुहोस