आज कति छ सुनचाँदीको मूल्य ?

सफल खबर संवाददाता

शुक्रबार, १४ कार्तिक २०७७, १२ : ०७
आज कति छ सुनचाँदीको मूल्य ?

काठमडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार घटेर ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छ । 

यस्तै शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार तोलामा ११८० रुपैयाँ प्रतितोला रहेको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस