देहरादूनमा पिटिएकामध्ये दुई विद्यार्थी भागेर स्वदेश

पत्रपत्रिकाबाट

शुक्रबार, १४ कार्तिक २०७७, ०७ : ३४
देहरादूनमा पिटिएकामध्ये दुई विद्यार्थी भागेर स्वदेश

काठमाडौँ । टीकाको दुई/तीन दिनअघि १८ नेपाली विद्यार्थी दसैं मनाउन घर फिरे । त्यो देखेर अरूलाई पनि दसैंतिहारमा घर जाने रहर लाग्यो । त्यसपछि भारत उत्तराखण्डको देहरादूनस्थित शाक्य एकेडेमीमा अध्ययनरत ५३ विद्यार्थीले बिदा माग्दै सोमबार संयुक्त निवेदन दिए ।

एकैपटक ठूलो संख्यामा विद्यार्थीले बिदा माग्दा प्रिन्सिपल छिरिङ छोदेन, गुरुआमा धाग्मो सोनाम र गुरु ज्ञानबज्र रिम्पोछे रिसाए । सोनामले डिसेम्बरमा बिदा दिने भन्दै विद्यार्थीलाई सम्झाउन थालिन् । त्यसपछि विद्यार्थीले प्रिन्सिपल छोदेनसँग कुरा गरे । छलफल चलिरहेको थियो ।

छोदेनले सम्झाइरहेकी थिइन् । त्यतिकैमा रिम्पोछे लट्ठी बोकेर आए र एकाएक विद्यार्थीलाई कुट्न थाले । ‘गुरुले लट्ठी घुमाउन थालेपछि हाम्रो भागाभाग चल्यो, धेरै साथीलाई चोट लाग्यो,’ देहरादूनस्थित शाक्य एकेडेमीबाट भागेर बिहीबार कञ्चनपुरको गड्डाचौकी नाका आइपुगेका मकवानपुर मोरंगेका नवीन तामाङले भने । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस