प्रहरीको खोजीमा -यापर भिटेन, कारण यस्तो

सफल खबर संवाददाता

विहीबार, १३ कार्तिक २०७७, १७ : ४४
प्रहरीको खोजीमा -यापर भिटेन, कारण यस्तो

काठमाडौं । र्‍याप गायक भिटेन भनिने समीर लिम्बुको नयाँ गीतमा अस्लिल शव्द पाइएपछि प्रहरीले उनको खोजी सुरु गरेको छ। 

प्रहरी प्रधान कार्यालयले गीत गाउनेदेखि भिडियो बनाउनेसम्मको काममा संलग्न सबैलाई खोजी गरी कारबाही गर्न साइबर ब्यूरोलाई पत्र पठाएको छ । पत्र पाएसँगै साइबर व्यूरोले भिटेनको खोजी सुरु गरेको जनाएको छ ।

भिटेनले यसअघि पनि छाडा शब्द बोलेपछि प्रहरीले पक्राउ गरेको र अब आइन्दा त्यसो नगर्ने प्रतिबद्धता जनाएपछि छाडेको थियो । भिटेनको अहिलेको नयाँ गीत यूटयुबको टेन्ड्रिङको एक नम्बरमा थियो । भिटेनको हालै युट्युबमा सार्वजनिक ‘पारा’ शीर्षकको गीतमा अश्लील शब्दको प्रयोग गरेका छन् ।

युट्युबमा राखेको भिडि‌ओ प्राइभेट गरेका छन्। बिहीबार दिउँसोसम्म युट्युबको टेन्ड्रिङमा पहिलो नम्बरमा रहेको भिडिओ साँझबाट हराएको छ। भिटेनको युट्युब च्यानल भिटेन म्युजिकमा १० लाख बढी सब्क्राइबर छन्। उक्त च्यानलमा जाँदा अहिले भिडिओ बजाउन मिल्दैन।    

प्रतिक्रिया दिनुहोस