कोरोनाको असर : यसवर्ष ‘सिस्नुपानी देउसी’ कार्यक्रम नहुने

सफल खबर संवाददाता

विहीबार, १३ कार्तिक २०७७, १६ : ५४
कोरोनाको असर : यसवर्ष ‘सिस्नुपानी देउसी’ कार्यक्रम नहुने

काठमाडौं । कोरोना भाइरसका कारण यसवर्ष ‘सिस्नुपानी देउसी’ कार्यक्रम नहुने भएको छ । सिस्नुपानी नेपालका महासचिव टंकराज आचार्यले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थितिका कारण २३ वर्षदेखि लगातार प्रस्तुत हुँदै आएको कार्यक्रम यसवर्ष स्थगित भएको जानकारी दिएका हुन् । 

विज्ञप्तिमा  संस्थाका अध्यक्ष लक्ष्मण गाम्नागे र उपाध्यक्ष मनोज गजुरेल परिवारका सदस्यहरूसहित कोरोना संक्रमित भई उपचाररत अवस्थामा रहेको जानकारी दिइएको छ। 

प्रतिक्रिया दिनुहोस