तोलामा १ हजारले घट्यो सुनको मूल्य

सफल खबर संवाददाता

विहीबार, १३ कार्तिक २०७७, ११ : २४
तोलामा १ हजारले घट्यो सुनको मूल्य

काठमाडौं । दशैंपछि नेपालमा सुनचाँदी बजार खुलेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यसअघि कात्तिक ६ गते सुन तोलामा ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै बिहीबार तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा ११८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस