चितवनमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

रासस

मंगलबार, ११ कार्तिक २०७७, १९ : ५०
चितवनमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

काठमाडौँ । चितवनमा थप एक कोरोना (कोभिड १९) सङक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको गैडाकोट नगरपालिका २ का ५४ वर्षीय पुरुषको मृत्यु भएको हो । 

श्वासप्रश्वासको समस्या भएर कात्तिक ३ गते अस्पताल भर्ना हुनुभएका उहाँको आज बेलुका ५ः२६ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिनुभयो । उहाँलाई यही कात्तिक ४ गते कोरोना पुष्टि भएको थियो ।

उहाँको अवस्था जटिल बन्दै गएपछि अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । मृतक पुरुष मधुमेहको समेत बिरामी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस