थप ७८ जनामा कोरोना सङ्क्रमण

रासस

मंगलबार, ११ कार्तिक २०७७, १९ : ०७
थप ७८ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ । गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ््ख्या छ हजार ७९० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण ता रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

]थपिनेमा नवलपरासी(बर्दाघाट सुस्ता पूर्व)का ५५, कास्कीका नौ, बाग्लुङका पाँच, म्याग्दीका चार, स्याङ्जाका तीन र तनहुँका दुई जना छन् । सङ्क्रमित सबैको आइसोलेसन व्यवस्थापनको तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म सङ्क्रमण भएका मध्ये चार हजार १४ निको भएका छन् भने ६८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस