काठमाडौँ । बितेको ७ महिनामा विपद्का घटनाहरुमा ४ सय ६३ जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन केन्द्रका अनुसार आगलागी, चट्याङ, सर्पदंश, जनावर आक्रमण, बाढी, पहिरो र अविरल वर्षाका कारण सो ४६३ जनाको मृत्यु भएको हो ।
प्राधिकरणका अनुसार आगलागी, चट्याङ, सर्पदंश, जनावर आक्रमण, बाढी, पहिरो र अविरल वर्षाका घटना २०४४ वटा भएको छ । बेपत्ता हुनेको संख्या १०१ र घाइते ८०३ जना छन् । ७९ करोड ५७ लाख ९५ हजार ८१० रुपैयाँ बराबरको अनुमानित क्षति भएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ११ कार्तिक २०७७, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु