काठमाडौं । बुटवल कोरोना बिशेष (अस्थायी) अस्पतालमा उपचाररत थप दुइ जनाको मृत्यु भएको हो । मृत्यु हुने दुवै जना रुपन्देहीका रहेका छन् ।
अस्पतालका अनुसार तिलोत्तमा ११ की ५० वर्षीया महिलाको गयराती र वुटवल १३ का ५२ वर्षीय पुरुषको आज बिहान ६ बजे कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिएका छन् ।
डा. गौतमका अनुसार तिलोत्तमाकी महिलाको पिसिआर रिर्पोट हिजो बिहान १० बजे पोजेटिभ आएपछि हिजो नै अस्पताल भर्ना भएकी गयराती मृत्यु भएको हो । यस्तै बुटवलका पुरुष भने कार्तिक ७ गते रिर्पोट पोजेटिभ आएपछि त्यहि दिन अस्पताल भर्ना भएका थिए । दुवैजनामा श्वासप्रश्वासको समस्या रहेको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ कार्तिक २०७७, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु