काठमाडौं । बुटवल कोरोना बिशेष (अस्थायी) अस्पतालमा उपचाररत थप दुइ जनाको मृत्यु भएको हो । मृत्यु हुने दुवै जना रुपन्देहीका रहेका छन् ।
अस्पतालका अनुसार तिलोत्तमा ११ की ५० वर्षीया महिलाको गयराती र वुटवल १३ का ५२ वर्षीय पुरुषको आज बिहान ६ बजे कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिएका छन् ।
डा. गौतमका अनुसार तिलोत्तमाकी महिलाको पिसिआर रिर्पोट हिजो बिहान १० बजे पोजेटिभ आएपछि हिजो नै अस्पताल भर्ना भएकी गयराती मृत्यु भएको हो । यस्तै बुटवलका पुरुष भने कार्तिक ७ गते रिर्पोट पोजेटिभ आएपछि त्यहि दिन अस्पताल भर्ना भएका थिए । दुवैजनामा श्वासप्रश्वासको समस्या रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ कार्तिक २०७७, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु