कोरोना संक्रमित अपडेट : थपिए २ हजार २२५, निको भए २ हजार ८४६

सफल खबर संवाददाता

शनिबार, ०८ कार्तिक २०७७, १६ : २८
कोरोना संक्रमित अपडेट : थपिए २ हजार २२५, निको भए २ हजार ८४६

काठमाडौँ । कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये १ हजार ४४६ जना पुरुष तथा ७७९ जना महिला रहेका छन् । सबैभन्दा बढी बागमती प्रदेशमा १२१७ जना संक्रमित थपिएका हुन् ।

काठमाडौँ उपत्यकामा मात्र १११० जना संक्रमित थपिएका छन् । यसमा ४२९ जना महिला तथा ६८१ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या अब १ लाख ५५ हजार २३३ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा २ हजार ८४६ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या १ लाख ८ हजार ३३४ रहेको छ । पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोभिड–१९ बाट ८४२ जनाले ज्यान गुमाइसकेका छन् ।
 

प्रतिक्रिया दिनुहोस