कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०८ कार्तिक २०७७, १५ : २६
कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु

जनकपुर । जनकपुरमा गएराति कोरोना सङ्क्रमणबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ ।

जनकपुर उपमहानगरपालिका–१ बस्ने ति महिलाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित निर्देशक विजयकुमार झाले जानकारी गराए ।

एकाएक ज्वरोका साथै श्वास प्रश्वासमा कठिनाइ भएपछि ति महिलालाई शुक्रवार बिहान सो प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । उनको श्वाबको सोही दिन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । ती  महिला उच्च रक्तचाप, मधुमेह र दमरोगबाट पीडित रहेको निमित निर्देशक झाले बताए।

प्रतिक्रिया दिनुहोस