भारतमा नयाँ सक्रमितको संख्यामा कमी आउँदै

एजेन्सी

शनिबार, ०८ कार्तिक २०७७, ११ : ५३
भारतमा नयाँ सक्रमितको संख्यामा कमी आउँदै

एजेन्सी । भारतमा लगातार दोस्रो दिन नयाँ सक्रमितको संख्यामा कमी आएको छ । पछिल्लो दिन भारतमा ५३ हजार ९३५ जना नयाँ संक्रमित फेला परेका छन् । २१ अक्टुबरमा ५६ हजार २६४ जना संक्रमित थपिएका थिए भने २२ अक्टुबरमा ५४ हजार ३६७ संक्रमित फेला परेका थिए ।

देशमा सक्रिय संक्रमितको संख्या ६ लाख ८० हजार ८०१ पुगेको छ । कूल संक्रमितको संख्या ७८ लाख १३ हजार ६६८ रहेको छ । यसमध्ये ७० लाख १३ हजार ५६९ संक्रमित निको भएका छन् ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार २३ अक्टुबरसम्म भारतमा १० करोड १३ लाख ८२ हजार ५६४ जनाको परीक्षण भएको छ । शुक्रबार १२ लाख ६९ हजार ४७९ जनाको परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस