दाङ । कोरोना सङ्क्रमणका कारण दाङमा आज एक कर्मचारीको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा भूमिसुधार तथा मालपोत कार्यालय, घोराहीमा कार्यरत तुलसीपुर उपमहानगरपालिका १७ दुधरास निवासी ५३ वर्षीय नायब हीराबहादुर डाँगी हुन् ।
उनलाई यही कात्तिक ४ गते सङ्क्रमण देखिएको र आज श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डीमा लगिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ कार्तिक २०७७, १८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण