कोरोना संक्रमितको संख्या डेढ लाख नाघ्यो, सक्रिय संक्रमितको संख्या ४६ हजारभन्दा धेरै

सफल खबर संवाददाता

शुक्रबार, ०७ कार्तिक २०७७, १६ : ४२
कोरोना संक्रमितको संख्या डेढ लाख नाघ्यो, सक्रिय संक्रमितको संख्या ४६ हजारभन्दा धेरै

काठमाडौँ । बितेको २४ घण्टामा नेपालमा चार हजार चार सय ९९ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमणबाट गत २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेहरु दुई हजार ६ सय ६८ जना छन् । सक्रिय संक्रमितको संख्या ४६ हजार ६ सय ९१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कुल संक्रमित संख्या एक लाख ५३ हजार आठ पुगेको छ । हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरु एक लाख पाँच हजार चार सय ८८ जना छन् । हालसम्म कोरोनाबाट नेपालमा आठ सय २९ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस