ओखलढुङ्गा । ओखलढुङ्गामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका–७ पात्लेका ३३ वर्षीय डम्बरबहादुर तामाङ पुर्पक्षका लागि कारगार चलान भएका हुन् ।
ओखलढुङ्गा जिल्ला अदालतको आदेशमा तामाङलाई कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिए । तामाङविरुद्ध हातहतियार खरखजना तथा ज्यान मार्ने उद्योगको मुद्दा चलाइएको थियो । तामाङले १३ वर्षीया छोरी फुरीमाया तामाङमाथि असोज १६ गते साँझ भरुवा बन्दुक प्रहार गरेका थिए । बन्दुकको छर्रा लागेर फुरीमाया गम्भीर घाइते भएकी थिइन् । प्रहरीले आरोपित तामाङलाई असोज १७ गते पक्राउ गरेको थियो ।
दाहिने खुट्टाको घुँडाभन्दा माथि बन्दुकको छर्रा लागेर घाइते बालिकाको उपचार भइरहेको छ । आर्थिक अवस्था नाजुक भएकी उनको उपचारार्थ वडाध्यक्ष हेमबहादुर सुनुवारले सहयोग रकम जुटाउन शुरु गरेका छन् । अहिलेसम्म रु १६ हजार २७५ सहयोग उपलब्ध गराइएको वडाध्यक्ष सुनुवारले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०७ कार्तिक २०७७, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
अझै फर्केनन् भिमफेदी कारागारबाट फरार १३३ कैदीबन्दी
चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी
भीमफेदी कारागार तोडेर फरार भएका कैदी बारामा चोरी गर्दा पक्राउ
कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई