गोकुलप्रसाद बास्कोटालाई कोरोना संक्रमण

सफल खबर संवाददाता

विहीबार, ०६ कार्तिक २०७७, १५ : ३८
गोकुलप्रसाद बास्कोटालाई कोरोना संक्रमण

काठमाडौँ । पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

सामाजिक सञ्जालमार्फत बास्कोटाले आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

उनका अनुसार आफूलाई संक्रमणको कुनै लक्षण नरहेको तर श्रीमती तारा मानन्धरलाई लक्षण देखिएको छ । दुवै छोराहरुको रिपोर्ट भने नेगेटिभ आएको छ ।

मलाई पनि पाेजेटिभ देखियाे।तर राम्राे के भने बितेकाे दश दिन यता मैले कसैलाई भेटेकाे छैन।मलाई त लक्षण बिनै देखियाे तर श्रीमती तारा मानन्धरलाई लक्षण सहित।दुबै छाेरालाई नेगेटिभ देखिनु चै धेरै राम्राे।सुरक्षीत रहाै। — Gokul Prasad Baskota (@GokulPBaskota) October 22, 2020

प्रतिक्रिया दिनुहोस