चितवनमा कोरोना संक्रमित गर्भवतीको उपचारको क्रममा मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०६ कार्तिक २०७७, ०९ : २८
चितवनमा कोरोना संक्रमित गर्भवतीको उपचारको क्रममा मृत्यु

चितवन । चितवनमा उपचाररत गर्भवती कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । तनहुँ शुक्लगण्डकी नगरपालिका घरभई हाल मकवानपुर हेटौडा ५ बस्ने ३३ बर्षिय महिलाको आज विहान भरतपुर अस्पतालमा उपचारको क्रममा ६ः१५ बजे मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनी असोज ३० गते कोरोना संक्रमण सहित खोकी र स्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका थिईन् । ३७ हप्ताकी गर्भवर्ती उनलाई सोही दिन कोरोना पुष्टि भएको थियो ।

उपचारको क्रममा स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि कोभिड आइसियूमा भेन्टिलेटरको सहायतामा उपचार गर्दागर्दै मृत्यु भएको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस