सुनचाँदीको मूल्यमा वृद्धि

सफल खबर संवाददाता

बुधबार, ०५ कार्तिक २०७७, १३ : ३६
सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौ । नेपाली बजारमा बुधबार सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बुधबार ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ९५ हजार कारोबार भएको छ । 

यस्तै मंगलबार चाँदी तोलामा १२१० रुपैयाँमा कारोबार भएकोमा बुधबार बढेर १२४० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस