काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दसैं भत्ता कोरोनाभाइरस संक्रमण रोकथाम तथा उपचार कोषलाई प्रदान गरेकी छिन् ।
यस्तै उनले यस आर्थिक वर्षको दुई महिनाको पारिश्रमिकसमेत कोषमा प्रदान गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाभाइरसको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित कोरोनाभाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा जम्मा हुने गरी यस आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्च बापत प्राप्त हुने रकम प्रदान गर्नु भएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ कार्तिक २०७७, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नयाँ शक्तिहरूप्रति देखिएको आकर्षणलाई गम्भीर रूपमा लिनुपर्छ’ : विद्यादेवी भण्डारी
ओलीविरुद्द इश्वर पोखरेल अगाडी सारेकी विद्यादेवी भण्डारीको एमाले कार्यकर्तालाई विशेष अपिल
पार्टीलाई अग्रगतितर्फ अघि बढाउन यो महाधिवेशन पूर्ण रूपमा सफल बनाऔं : विद्यादेवी भण्डारी
जेनजीका जायज माग वार्ता र संवादबाट समाधान खोजौं: विद्यादेवी भण्डारी
संसद् निरीह भयो, दलहरूमा समस्या छ : पूर्वराष्ट्रपति भण्डारी
एमालेको हितमा लाग्छु, मलाई गुट चलाउन आउँदैन: विद्यादेवी भण्डारी