सात लाख मूल्यको म्याद नाघेको सामान जफतपछि नष्ट

प्रकाश सिग्देल

मंगलबार, ०४ कार्तिक २०७७, १७ : ५४
सात लाख मूल्यको म्याद नाघेको सामान जफतपछि नष्ट

चितवन । घरेलु तथा साना उद्योग कार्यालय चितवनले जिल्लाका सबै स्थानीय तहहरुबाट जफत गरेको म्याद सकिएका खाद्य सामाग्री तथा पेय पदार्य नष्ट गरेको छ । बजार अनुगमनका क्रममा विभिन्न मितिमा बरामद भएका करिव ७ लाख बराबरको खाद्य पदार्थ नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय चितवनका प्रमुख नारायण लम्सालले बताए ।

आफूहरुले बजार अनुगमन गरी म्याद सकिएका अखाद्य घिउदेखि अन्य म्याद सकिएका खाद्यबस्तु र बियरेखि पेय पदार्थसम्म नियन्त्रणमा लिई नष्ट गरिएको र कैफियत पाइएकालाई जरिवना समेत गरिएको लम्साल बताउँछन् ।

खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले यो बीचमा ९० वटा खाद्य पसलको अनुगमन गरिएको बताए । त्यस्तै ५७ वटा नमुना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशाला र हेटौंडाको प्रयोगशालामा पठाएको उहाँको भनाइ छ । ती मध्ये दूध तथा दुग्धजन्य पदार्थका ४० नमुना र ८ नमुना कुखुराको दाना र १७ अन्य खाद्य पदार्थको नमुना रहेको उनी बताउँछन् । यो बीचमा २० वटा उद्योग र १० वटा होटलको पनि अनुगमन गरेको उनको भनाइ छ ।

उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष बिष्णु भुषालले बजारमा नियमिति अनुगमन भइरहेपनि कारवार्ही भने नहुँदा व्यावसायीहरुले मनोमानी गरिरहेको बताए । अनुगमनसँगै दोशी देखिएमा कारर्वाही गर्नुपर्ने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस