सुनको मूल्य घट्यो, चाँदीको स्थिर

सफल खबर संवाददाता

सोमबार, ०३ कार्तिक २०७७, ११ : ५१
सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार २०० रुपैयाँले घटेर तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै आइतबार तोलामा १२०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएकोहो । 

प्रतिक्रिया दिनुहोस