कीर्तिमानी गीतकार डा .डीआर उपाध्यायलाई कोरोना संक्रमण

सफल खबर संवाददाता

सोमबार, ०३ कार्तिक २०७७, ०८ : ३८
कीर्तिमानी गीतकार डा .डीआर उपाध्यायलाई कोरोना संक्रमण

काठमाडौं । कीर्तिमानी गीतकार डा .डीआर उपाध्याय कोरोना संक्रमिच भएका छन् । बिहिबार शरिर दुख्ने, जरो आउने लगायत भएपछि कोरोना परिक्षण गराएका उपाध्यायको शनिबार संक्रमण पुष्टि भएको हो ।

उपाध्यायले आफ्नो अवस्था सामान्य रहेको र केही दिनयता आफूसँग सम्पर्कमा रहेकालाई सुरक्षित र सतर्क रहन  समेत अनुरोध गरेका छन् । उपाध्याय निजि डाक्टरको सल्लाहमा होम आइसोलेसनमा रहेका छन् । 

यसै बिच उपाध्यायको नयाँ गीत ‘आफ्नै छायाले छोडेर’ सार्वजनिक भएको छ । स्वरुपराज आचर्यको स्वर, सागर अधिकारी ‘शरद’को संगीत र देवेन्द्र नेवाःको संगीत संयोजन रहेको गीत भिडियो सहित सार्वजनिक भएको हो ।कृष्ण पौडेलको निर्देशन गीतको भिडियोमा असिम दाहाल, सविना  शर्मा र पुण्यप्रसाद वन्जाराको अभिनय रहेको छ । सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोमा युवराज खत्रीको सम्पादन छ ।

गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रेकर्ड कायम गरेका छन् । उनले चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत बनाएका छन् । सयौं गीतका सर्जक डीआरका दश उपन्यास पनि पाठकमाझ आएका छन् ।

प्रतिक्रिया दिनुहोस