काठमाडौं । नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीलाई घरमै बोलाएर मार्सी चामलको भात खुवाएका व्यवसायी दुर्गा प्रसाईंले मार्सी बियरको उत्पादन गर्ने भएका छन् ।
व्यवसायी प्रसाईंले टाइगर ब्रुअरीको निश्चित सेयर लिएर उनले मार्सी ब्रान्डको बियर बजारमा ल्याउन लागेको बताएका हुन् । उनले भने, ‘मलाई मार्सी मार्सी भनेर धेरैले जिस्काए, त्यसकारण मार्सी नामको बियर उत्पादन गर्न लागेको हो ।
उनले दसैं तिहारपछि मार्सी ब्रान्डको बियर बजारमा आउने दावी गरे । ‘मैले दुईजना अध्यक्षलाई घरमा बोलाएर मार्सी चामलको खाना खुवाएपछि मलाई धेरैले मार्सी भनेर जिस्काए, यही नामको बियर उत्पादन गर्न मलाई उत्साही बनायो, यो नामको बियर ब्रान्ड बन्ने विश्वास गरेको छु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ कार्तिक २०७७, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंविद्ध म्याद थप गर्ने तयारी
म्याद थप गर्न दुर्गा प्रसाईं र रविन्द्र मिश्रलाई अदालत लगिँदै
दुर्गा प्रसाईंमाथि व्यक्ति हत्यासहित ५ कसुरमा बयान सुरु
ज्यान मार्ने उद्योगमा दुर्गा प्रसाईँविरुद्ध अनुसन्धान सुरु
दुर्गा प्रसाईंविरुद्ध कसुर दर्ता किताबमा ३ मुद्दा दर्ता
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति