काठमाडौं । नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीलाई घरमै बोलाएर मार्सी चामलको भात खुवाएका व्यवसायी दुर्गा प्रसाईंले मार्सी बियरको उत्पादन गर्ने भएका छन् ।
व्यवसायी प्रसाईंले टाइगर ब्रुअरीको निश्चित सेयर लिएर उनले मार्सी ब्रान्डको बियर बजारमा ल्याउन लागेको बताएका हुन् । उनले भने, ‘मलाई मार्सी मार्सी भनेर धेरैले जिस्काए, त्यसकारण मार्सी नामको बियर उत्पादन गर्न लागेको हो ।
उनले दसैं तिहारपछि मार्सी ब्रान्डको बियर बजारमा आउने दावी गरे । ‘मैले दुईजना अध्यक्षलाई घरमा बोलाएर मार्सी चामलको खाना खुवाएपछि मलाई धेरैले मार्सी भनेर जिस्काए, यही नामको बियर उत्पादन गर्न मलाई उत्साही बनायो, यो नामको बियर ब्रान्ड बन्ने विश्वास गरेको छु ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ कार्तिक २०७७, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न आदेश
दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
दुर्गा प्रसाईँ पाँच दिन हिरासतमा रहने
फेरि पक्राउ परे दुर्गा प्रसाईं
दुर्गा प्रसाईँलाई पक्राउ गर्न उनको निवासमा पुग्यो प्रहरी
‘राजपरिवारका सदस्यहरू स्वयम् सडकमा उत्रिने तयारीमा छन्’ : दुर्गा प्रसाईं