चीनमा माछाको प्याकेटमा जीवित कोरोना भाइरस भेटियो

एजेन्सी

आइतबार, ०२ कार्तिक २०७७, १५ : २७
चीनमा माछाको प्याकेटमा जीवित कोरोना भाइरस भेटियो

एजेन्सी । समुन्द्री माछाको प्याकेटको बाहिरी सतहमा जीवित कोरोना भाइरस भेटिचीनको स्वास्थ विभागले फ्रोजन समुन्द्री माछाको प्याकेटको बाहिरी सतहमा जीवित कोरोना भाइरस भेटिएको पुष्टि गरेको छ । क्विंगदाओ बन्दरगाह शहरमा आयातित प्याकेटमा माछा भेटिएपछि वैज्ञानिकहरु चिन्तित छन् ।

शनिबार चीनको रोग रोकथाम तथा नियन्त्रण केन्द्र सिडिसी ले विज्ञप्ति जारी गर्दै फ्रोजन खाद्य प्याकेटको बाहिरी सतहमा जीवित अवस्थामा कोरोना भेटिएको पहिलो घटना रहेको जनाएको छ । कुन देशबाट माछाको प्याकेट आएको हो भन्ने विषय चीनले खुलाएको छैन ।