काठमाडौं । फुटबल खेल्न नेपाल आएका विदेशी खेलाडीलाई शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) को पहिलो ब्याचले आर्थिक सहयोग गरेको छ ।
लिग सकिए पनि नेपालमा नै रहेका तर कोरोना भाइरसका कारण फर्किन नपाएका विदेशी खेलाडीलाई एन्फाको पहिलो ब्याचको अगुवाइमा आर्थिक सहयोग गरिएको हो । आर्थिक हिसाबमा समेत आप्ठेरो अवस्थामा भएका खेलाडीहरुलाई सहयोग गरिएको बताइएको छ । विभिन्न माध्ययमबाट संकलन गरिएको रकमलाई दिपकुमार राई र एम्फा एकेडेमीका पहिलो ब्याचका खेलाडीको हातबाट विदेशी खेलाडीलाई हस्तान्तरण गरिएको हो ।
सयहोग पाएका विदेशी खेलाडी फ्लोरेन्ट कोआरले अप्ठेरो परेको बेला सहयोग पाउँदा खुशि लागेको बताए ।
२७ जना खेलाडीलाई आर्थिक सहयोग गरिएको छ । आर्थिक सहयोगका लागि अमेरीकामा बस्दै आएका विभिन्न पूर्व खेलाडीको सहयोगमा कुल तीन लाख ७ हजार रुपैयाँ प्रदान गरिएको हो । जसमा एक जना खेलाडीले १२ हजार रुपैयाँको दरले पाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ कार्तिक २०७७, १७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज
म्यानमारविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा
फिल्म पर्यटनका लागि हिमालमा फुटबल खेल्दै सेलेब्रेटीहरु
फुटबलर विमल घर्ती मगर बाँधिए वैवाहिक बन्धनमा
संकटाको युवा टिमले मोरक्कोमा फुटबल प्रतियोगिता खेल्ने
महिला फुटबल टोली आज बंगलादेश जाने