स्मिता र सलोनको ‘मायाले मलाई बोलायो’

सफल खबर संवाददाता

शनिबार, ०१ कार्तिक २०७७, १५ : ३९
स्मिता र सलोनको ‘मायाले मलाई बोलायो’

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहालको नयाँ गीत ‘मायाले मलाई बोलायो’ सार्वजनिक भएको छ ।

राजनराज सिवाकोटीको शब्द तथा सङ्गीत रहेको गीतमा अभिनेता सलोन बस्नेत र गायिका दाहालको अभिनय रहेको छ । अभिनेता बस्नेतको प्रोडक्सन हाउस ‘प्रफेक्ट प्लान’ बाट निर्माण भएको म्युजिक भिडिया सलोन र स्मिता दुलाहा र दुलही बनेका छन् । 

२३ घण्टाअघि युट्युबमा अपलोड गरिएको भिडियोमा एक लाखभन्दा बढी भ्युज आइसकेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस