काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको यसवर्षको दशैँका कार्यक्रम प्रभावित भएका छन् । विदेश वर्षहरुमा निर्मल निवासमा टीका प्रदान गर्नुका साथै दशैँभर विभिन्न शक्तिपिठको भ्रमण हुने गरेकोमा यसवर्ष सबै कार्यक्रम रद्ध गरिएको उनको सचिवालयले जनाएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको तर्फबाट संवाद सचिव फणि पाठकले शनिबार एक विज्ञप्तिमार्फत कोरोनाको असहजताका स्थितिमा आस्था, मान्यता, मर्यादा र कर्तव्यशीलतालाई कायम राख्दै दशैँ पर्व शान्त, शालीनता र सादगी रुपमा मनाउने निर्णय लिएको बताएका छन् ।
साथै शाहले महाअष्ठमीका दिन विभिन्न शक्ति पीठहरुको दर्शन गर्ने र विजया दशमीका दिनमा टीका प्रदान गर्ने कार्यक्रम नहुने तय भएको पाठकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ कार्तिक २०७७, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय समस्या समाधानपछि मात्रै निर्वाचनमा जानुपर्नेमा पूर्वराजा ज्ञानेन्द्र शाहको जोड
यो नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो: ज्ञानेन्द्र शाह
पूर्वपञ्चहरुको ‘लञ्च’ बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहको द्विविधा, यसरी भयो छताछुल्ल
राजावादी आन्दोलन सेलाएपछि ज्ञानेन्द्र आफैं सक्रिय, नगरकोट बसेर बनाए यस्तो योजना...