लायन्स क्लबद्वारा मौलाकालिका मन्दिर परिसर सरसफाई तथा विरुवा गोडमेल

सफल खबर संवाददाता

शनिबार, ०१ कार्तिक २०७७, १२ : ५०
लायन्स क्लबद्वारा मौलाकालिका मन्दिर परिसर सरसफाई तथा विरुवा गोडमेल

गैंडाकोट । लायन्स क्लब अफ चितवन चौतारी र लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धिकाले आज धार्मिक सेवा समिति मौलाकालिका मन्दिर गैंडाकोट परिसरको सर सफाई गरेको छ । 

सो कार्यमा डीडीआरएफ गैंडाकोट नवलपुरले सहयोग पनि सहयोग गरेको थियो । हिन्दुहरुको महान पर्ब आजबाट शुरु भएको छ । घटस्थापनाको दिन मन्दिर परिसर सरसफाईमा जुट्दा सकारात्मक उर्जा प्राप्त भएको लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष डा. गंगा सापकोटाले बताए ।

क्लबका पूर्व अध्यक्ष बिनोद पन्तले रोप्नुभन्दा संरक्षण गर्नु अझ जरुरी भएकाले बिरुवाको गोडमेल गरिएको बताए । क्लबले गत श्रावण १० गते मन्दिर परिसर नजिकै बिभिन्न जातका औषधिय विरुवा रोपेकोे थियो । क्लबका पूर्व अध्यक्ष भक्तीप्रसाद चालिसेका अनुसार पर्यावरण संरक्षण कार्यक्रम अन्र्तगत आज सरसफाई कार्यक्रम गरिएको हो ।

दुबै क्लबले मौलाकालिका मन्दिर सरसफाईका लागि धार्मिक सेवा समिति मौलाकालिकालाई रु २५००० नगद समेत हस्तान्तरण गरेको अध्यक्ष सापकोटाले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस